फिल्म ‘सेल्फी किङ’ को गीत ‘जिन्दगीको के छ र भर’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

यो गीतले फिल्म ‘प्रसाद’ को ‘सारङ्गी रोयो कहाँ रोयो’ बोलको गीतको याद दिलाउँछ । सुभाष भुसालको सङ्गीत रहेको गीतमा सुरज गैरेको शब्द, केतन क्षेत्रीको स्वर छ ।

माघ २४ गतेबाट रिलिज हुने यो फिल्ममा विशाल सापकोटाको लेखन तथा निर्देशन छ । दिनेश राउत र सुभाष थापा निर्माता रहेको फिल्मका सह–निर्माता प्रबल कोइराला र राजेश विसुराल हुन् ।

विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराईलगायतको अभिनय रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, निर्मलकुमार लामाको कोरियोग्राफी छ ।