धरान/ विमानस्थलमा महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको कसूरमा गायिका आस्था राउतलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई आइतबार पक्राउ पुर्जी जारी गरेको हो । उनीविरुद्ध काठमाडौं प्रहरीमा आइतबारै उजुरी दर्ता भएको थियो । प्रहरी जवान रमिता श्रेष्ठमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचको क्रममा अभद्र व्यवहार गरेको आरोप लागेको छ ।

आइतबार महानगरीय प्रहरीपरिसर काठमाडौंले उजुरी दर्ता गरेपछि जिल्ला प्रशासनले पक्राउ पुर्जी जारी गरेको हो । श्रेष्ठमाथि दुव्र्यवहार गरेको प्रतिवेदनमाथि अनुसन्धान तथा कारबाही गर्न काठमाडौंपरिसरलाई निर्देशन दिइएको छ । अभद्र व्यवहार कसूर गरेको प्रमाणित भएमा एक वर्षसम्म कैद र जरिबानासमेत हुने व्यवस्था रहेको छ ।