धरान/ धरानको विजयपुर स्थायी ठेगाना भएका अग्रज गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ ।

काठमाडौंको दरबारमार्गस्थित आफैले सञ्चालन गरेको बानथाई रेष्टुरेण्टबाट मङ्गलबार राति निवास फर्कने क्रममा दुर्घटनामा परेका भट्टराईको निधन भएको हो ।

आफैले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेण्टर पु¥याए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

गायिका लोचन भट्टराईका भाइ निशानले ४० को दशकताका गायनबाट चर्चा कमाएका थिए । उनले लामो समय विभिन्न कार्यक्रमसँगै होटल रेष्टुरेण्टमा गजल गाए । पछिल्लो समय उनी आफै गजल रेष्टुरेण्ट सञ्चालन गर्थे ।