विराटनगर /  सुनसरीको बर्जु गाउँपालिका – ५ स्थित एभरेष्ट साइन्स सेन्टरका संचालक तथा बैज्ञानिकको रुपले चिनिने दिलिप अधिकारी माथि ठगीको आरोप लागेको छ ।
विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरेर विराटनगरका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिवबहादुर कार्कीले बैज्ञानिक अधिकारीबाट ठगिएको गुनासो गरेका हुन् ।
अधिकारीले २०६१ कार्तिकमा कार्कीसंग २७ लाख १५ हजार रुपैया“ सापटी लिएका थिए । एभरेष्ट साइन्स सेन्टर स्थापनाका लागि अधिकारीले आफुसंग सहयोगको याचना गरेपछि चिनजानको भएकोले घर जग्गा बैंकमा धितो राखेर पैसा सापटी दिएको कार्कीले बताए । अधिकारीले आफु अमेरिकाको नासामा काम गरेर आएको र आफ्नै ठाउ“मा केहि गर्ने चाहना रहेको बताएपछि आफ्नो घर धितो राखेर अधिकारीलाई ऋण दिएको कार्कीको भनाई छ । कार्कीले ३१ धुर जग्गामा बनेको आफ्नो १६ कोठे घर तत्कालिन सिएसआइटी हाल महालक्ष्मी विकास बैंकमा धितो राखेर दिलिपलाई कर्जा उपलब्ध गराइ दिएका थिए ।
यसबिचमा आफुले पटक पटक अधिकारीसंग उक्त रकम माग गर्दा दिने आश्वासन मात्रै दिएको कार्कीले गुनासो गरे । अधिकारीले बैंकको उक्त ऋण नतिरेपछि आफ्नो घर लिलाम हुने चरणमा पुगेपछि आफैंले १ करोड तीन लाख रुपैया“ तिरेर घरजग्गा उकासेको पीडित शिवकुमार कार्कीका छोरा सुभाषले बताए । आफ्ना भएका केहि घडेरी र विभिन्न बैंक तथा साथीभाइसंग ऋण लिएर आफुले उक्त घरजग्गा लिलाम हुनबाट बचाएको उनले बताए । १६ वर्ष लागिसक्दा समेत अधिकारीले लिएको सापटी वापतको ८६ लाख २ सय १० रुपैयाँ हालस्म्म फिर्ता नगरेको कार्कीले बताए । उक्त रकम फिर्ता नगरेको र सम्पर्क विहिन भएकाले नेपाल पत्रकार महासंघ मोरङले अन्य विभिन्न अगुवाहरुको सहयोगमा उक्त समस्या समाधानकालागि पहल समेत गरेको थियो । ब्याज सहित अधिकारीले एक करोड बढी रकम तिर्नु पर्ने भएपनि महासंघको पहलमा भएको विभिन्न चरणको छलफलमा उनले ९१ लाख रुपैया“ तिर्ने सहितको कागज गरेको पिडित सुभाष कार्कीले बताए ।
पत्रकार महासंघको पहलमा बैशाखमा बसेको छलफलमा उनले ९१ लाख रुपैया“ तिर्ने सहमति गरेका थिए । गत जेठ ४ गतेको अर्काे छलफलमा उनले असोज ३० गतेको मिति राखेर ४४ लाख ९० हजार र मंसीर ३० गतेको मिति राखेर ४१ लाख १० हजारको चेक कार्कीलाई दिएका थिए । एभरेष्ट बैंक लिमिटेडमा रहेको उनको खातामा रकम नै नभएपछि उक्त चेक बाउन्स भएको कार्कीले बताए ।
चेक बाउन्स भएपनि अधिकारीले पुस मसान्तसम्ममा रकम फिर्ता गर्ने आश्वासन दिएको भएपनि हालसम्म नदिएको कार्कीले बताए । आफुले पनि विभिन्न व्यक्ति र बैंकबाट ऋण लिएर आफ्नो घरजग्गा उकासेको र उक्त ऋण बापतको ब्याजको मात्रै भए पनि रकम तत्कालका लागि दिन आफुले पटक– पटक अधिकारीलाई अनुरोध गरेको कार्कीले बताए । ‘विभिन्न चरणको वार्तापछि त्यो चेक हात लागेको थियो,’ कार्कीले भने, ‘चेक पाएपछि बल्ल आ“फु ऋणमुक्त हुने आशा पलाएको थियो । तर अधिकारीले दिएको चेकको खातामा पैसा नै छैन रहेछ । त्यो चेक बाउन्स भयो ।’
यसबिचमा अधिकारीले विभिन्न चरणमा गरेर पा“च लाख रुपैया“ तिरेको भएपनि अझै ८६ लाख २ सय १० रुपैया“ तिर्न बा“की रहेको कार्कीले बताए । उनले दिएको चेक समेत बाउन्स भएको र राखेको भाकामा रकम फिर्ता नगरेकाले अब आ“फु कानुनी उपचारमा जाने उनले बताए ।
यता अधिकारी आफूले लिएको सापटी पैसा तिर्ने बताए । उनले तिर्नुपर्ने रकम हिसाब गरेर चेकका रूपमा दिएको पनि स्वीकार गर्छन् । ‘मैले आफूले तिर्नुपर्ने रकमको हिसाब चेकका रुपमा दिएको हो,’ उनले भने, ‘केही पैसाँ दिएको पनि छु । बाँकी पैसाँ पनि तिर्दै जानेछु ।’
क्याप्सन् ः
पत्रकार सम्मेलनमा शिवकुमार कार्की र छोरा सुवास ।
तस्विर ः ब्लाष्ट अनिल श्रेष्ठ