धरान / नेकपा सुनसरी जिल्ला सदस्य फोक्वाहाङ सुव्वा(चोत्लुङ)ले रक्तदान कार्यक्रमको आयोजना गरि आफ्नो जन्म दिन मनाएका छन् ।
आज शनिबार फोक्वाहाङ सुव्वा(चोत्लुङ)को ३३ बर्ष पुरा भई ३४ बर्षमा प्रबेश गरेको सन्दर्भ पारी रक्तदान कार्यक्रम गरेका हुन ।
सोही कार्यक्रममा नेता चोत्लुङले सबैले आआफनो जन्म दिनमा रगतदान गर्ने बानिको विकास गर्दा रगतको अभावमा कुनै पनि मानिसले अकालमा ज्यान गुमाउन नपर्ने बताएका छन् ।
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाताभित्र रहेको नेपाल रेडक्रम सोसाईटीको शाखाद्धारा सन्चालित ब्लड बैङक अगाडी गरिएको सो रक्तदान कार्यक्रममा २८ प्रिण्ट रकत संकलन भएको ब्लड बैकले जनाएको छ ।































