विराटनगर/ टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ प्रा.लिले जनवरी फेस्ट विशेष कार्यक्रम गर्ने भएको छ ।
उक्त कार्यक्रमम विराटनगरको कञ्चनबारी पिपलचोक, टाटा मोटर्सको शोरुम, गोयल अटो ट्रेडर्समा आयोजना गर्ने भएको हो । पुस २६ देखि माघ ३ गतेसम्म सो कार्यक्रम हुने भएको छ । ग्राहक महानुभावहरूले टाटा मोटर्सको शोरुममा गएर यस कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
सो कार्यक्रममा अत्याधुनिक डिजाइनका उत्पादनहरू एचफाईभ, नेक्सन, टियागो, टिगोरर हेग्जालगायतका गाडीहरू हुनेछन् । जुनसुकै ब्राण्डका गाडीहरू एक लाखसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिङ्गापुर क्रुजटुर तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम रहेको जनाइएको छ ।