मधुमल्ला । मोरङ मिक्लाजुङ गाउँपालिकाको बक्राहा खोलामा मापदण्ड भन्दा बिपरित खोला उत्खनन् भईरहेको पाइएकाले खोला उत्खनन् कार्य स्थगीत गर्न स्थानीय बासीहरुले माग गरेका छन् । स्थानीयको जनगुनासो आएपछी मंगलबार संबन्धीत खोलाधार क्षेत्रका वडाध्यक्ष बुद्धीलाल निरौला र स्थानीय सरोकार बाल सहितको एक टोलीले बक्राहा खोलाको स्थलगत निरीक्षण गरेको थियो ।
स्थलगत निरीक्षणको क्रममा बातावरणीय प्रभाव मुलयाङुकन आइ.इ.इ. भए भन्दा बिपरित रुपमा खोला उत्खनन् भएको पाईएकाले खोला उत्खनन् कार्य मापदण्ड भित्र रहेर मात्र गर्न निर्देषन दिएको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धीलाल निरौलाले बताए । एकैठाउँमा मात्रा खोला उत्खनन् नगरि सो भन्दा तल वा माथी क्षेत्रमा मापदण्डमा रहेर उत्खनन् गर्नु पर्ने निरौलाले बताए ।
आईई मा मापदण्ड ५०–७५ सेन्टीमिटर भएको तर उत्खनन् दुई मिटर भन्दा बढी खोला खनिएको पाईकाले खोला उत्खनन् कार्य मापदण्ड अनुसार गर्न सुझाप समेत दिएको मिक्लाजुङका स्थानीय अगुवा तथा समाजसेवी डिल्ली खतिवडाले बर्ताए । माप दण्ड भन्दा बढी उत्खननु भइरहेको पाईएकाले तत्काललाई उत्खनन् कार्य रोक्नु पर्ने खतिवडा बताउँछन ।
आईई भए भन्दा बढी उत्खनन् हुँदा खोलाको बाँध लच्कने/ भत्कने, पानीका मुहान सुक्ने, सिँचाईमा समस्या हुने लागायत बिभिद प्रकारका समस्या आउने भएकाले मापदण्ड बिपरित उत्खननु भइरहेकोले त्यस प्रति स्थानीय आक्रोसित हुदै आएकाछन ।
यस बर्ष मिक्लाजुङ गाउँपालिकाले पाच करोड ६५ लाखमा मिक्लाजुङका खोलाजन्य पदार्थको बिक्री गरेको छ ।
यस बिषयमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य संग बुझ्दा मौखिक रुपमा उपभोक्ताहरुबाट मोखिक गुनासाहरु आएको बताए । बास्तवीकता बुझ्न मिक्लाजुङ गाउँपलिका वडा नं. ६ वडाध्यक्ष बुद्धीलाल निरौलाको संयोजकत्वमा वडा नं. २,३, ७,८ र ९ का वडाध्यक्षरुलाई पत्र पठाईएको आचार्यले बताए ।
वडाध्यक्षहरुको राय पस्चत के गर्ने भन्ने निर्णयमा पुगिने आचार्यको भनाई छ ।
यस बिषयमा कोशि बक्राहा परियोजना प्रमुख भिलानन्द यादवले मापदण्ड भन्दा बिपरीत भए त्यसले असार पार्ने बताउँदै स्थानीय सरकार र अनुगमन समिति सक्रिय रहनु पर्ने बताए । चाँडै नै बक्राहा खोलामा मोनिटरिङ पिल्लर राख्ने कार्य जलास्रोत अनुसन्धान तथा अध्ययन केन्द्र काठमाण्डौंको पहलमा हुने यादबले बताए ।