Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री मिलानोभिक निर्वाचित

क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री मिलानोभिक निर्वाचित

alt
  • पुस २१, २०७६
  • रासस/सिन्ह्वा

ब्लाष्टखबर । क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अधिकारीहरुले ९९ प्रतिशत मत गणना भइसक्दासम्म मिलानोभिकले ५२.७ प्रतिशत मत ल्याएकाले उनी निर्वाचित भएको बताएका हुन् । आइतबार सार्वजनिक भएको निर्वाचनको मत परिणामअनुसार मिलानोभिकका प्रतिद्धन्द्धी तथा निवर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले ४७.३ प्रतिशत मत पाएका छन् ।

पहिलो चरणको निर्वाचनमा कुल ११ जना उम्मेदवार प्रतिश्पर्धामा रहेका थिए । उनीहरु मध्ये धेरै ल्याउने दुई जनाका बीचमा दोस्रो चरणमा प्रतिश्पर्धा गराइएको हो । पहिलो चरणको निर्वाचत गत डिसेम्बर २२ तारिखमा भएको थियो । राष्ट्रपतिमा निर्वाचित हुनुभएका मिलानोभिकलाई ‘सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी)’ र अन्य केही पार्टीहरुको समर्थन रहेको थियो । उनीसँग प्रतिश्पर्धामा रहेकी ग्राबरलाई भने सत्तारुढ दल क्रोएसियन डेमोक्र्याटिक युनियन (एचडीजेड)को समर्थन रहेको थियो ।

मतदानका लागि योग्य करिब ३८ लाख मतदातामा ५५ प्रतिशतले मात्रै मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । क्रोएसियामा हरेक पाँच पाँच वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था रहेको छ । आइतबार राती राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि नवनिर्वाचित राष्ट्रपति मिलानोभिकले सबै नागरिकको आवाज सुन्ने र सबैको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनमा पराजित भएकी ग्राबरले पनि निर्वाचित मिलानोभिकलाई बधाई दिएकी छिन् ।

सम्बन्धित समाचार
तीन दलका अध्यक्ष, पूर्वमुख्यमन्त्री र पूर्वउपप्रधानमन्त्रीसम्मको प्रतिस्पर्धा

सप्तरी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले सप्तरीको राजनीतिक ता ...

कक्षाकोठाको ज्ञान चौरमा...

सुन्दरहरैचा (मोरङ) । खुल्ला चौरभरि लहरै सजाइएका स्टलहरू । कतै रोबोट गुडिरहे ...

राष्ट्रिय समस्याको समाधान गर्न पूर्वराजा ज्ञानेन्द्रको सन्देश

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आठ मिनेट लामो भिडियो सन्देश सार्वजनि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
तीन दलका अध्यक्ष, पूर्वमुख्यमन्त्री र पूर्वउपप्रधानमन्त्रीसम्मको प्रतिस्पर्धा
कक्षाकोठाको ज्ञान चौरमा...
राष्ट्रिय समस्याको समाधान गर्न पूर्वराजा ज्ञानेन्द्रको सन्देश
फेसबुकमा जाने विज्ञापनको सीमा तोक
आजको राशिफलः २०८२ साल फागुन ७ गते बिहीबार
‘धरान १० के रन’ मा साढे तीन हजार सहभागि हुने
भोजपुरमा नेपाली सेना सवार बस दुर्घटनाः २६ मध्ये २४ घाइते
नक्कली नोटसहित एक पक्राउ
‘डिजिटल प्रचार’ ले नेपाली पैसा विदेशतिर
धरानको कर्णालीः न फोनको नेटवर्क, न खानेपानी
दुर्गा प्रसाईंलाई म्याद थप
जनकपुरमा कजारियाको नयाँ शोरूम
बढ्दो सवारी दुर्घटनाः जिम्मेवारी कसले लिने ?
आजको राशिफलः २०८२ साल फागुन ६ गते बुधबार
हर्कराज राईको अभिव्यक्तिप्रति महासङ्घको आपत्ति
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved