ब्लाष्टखबर । कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु भएको छ ।

बाजुरामा हिमाली गाउँपालिकामा धुलाचौर बाट कोल्टीतर्फ आउँदै गरेकाे  से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना हुदाँ ४ जनाकाे मृत्यु भएकाे छ । ९ जना यात्रु बाेकेकाे जिप दुर्घटना हुदाँ अन्य चार जना घाइते भएका छन्र भने एक जना बेपत्ता रहेकाे जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएकाे छ ।

घाइतेलाई उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।