उर्लाबारी । मानव अधिकारका लागि महिला एकल महिला समुह उर्लाबारीले बुधबार वडा नं.– ६ का एकल महिला समुहलाई २६ हजार प्रदान गरेको छ ।
बुधबार समुहकी अध्यक्ष शोभा चेम्जोङ पालुङ्वा र वडाध्यक्ष चिन्तामणि पौडेलले संयुक्त रुपमा वडा नं.– ६ समुहकी अध्यक्ष सबिना गौतमलाई सो रकम प्रदान गरेका छन् ।
उक्त रकम कोषमा बचत गरेर बिभिन्न सिप मुलक कामका लागि ऋण परिचालन गरिने अध्यक्ष गौतमले बताएकी छन । मानवअधिकारका लागि महिला एकल महिला समुह उर्लाबारीले एकल महिलाहरुका लागि बिभिन्न आय मुलक तथा सिपमुलक तालिम पनि प्रदान गर्दै आएको छ ।































