Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • गोर्खाली फौज हिँडेको पदमार्गमा ‘एकीकरण टर्च’ -याली गरिने

गोर्खाली फौज हिँडेको पदमार्गमा ‘एकीकरण टर्च’ -याली गरिने

alt
  • पुस १७, २०७६
  • रासस
 
काठमाडाैं / पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पु¥याएको योगदानको सम्मानस्वरूप उनीसहित गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हुदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च’ -याली गरिने भएको छ । नेपाली सेनाको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको लागि शुरु गर्नुभएको अभियानअन्तर्गत भोलि शुक्रबार गोरखा दरबारबाट ‘एकीकरण टर्च’ -याली शुरु गर्न लागिएको हो ।
गोरखा दरबारबाट शुरु हुने ‘एकीकरण टर्च’ -याली बोर्लाङ, सल्यानटार, हासेपसल, चरङ्गे, तबईभार हुँदै नुवाकोटको सामरीमा यही पुस २० गते आइपुग्ने जबरजङ्ग गण नुवाकोटका गणपति उदयबहादुर लामिछानेले जानकारी दिए । उनका अनुसार पुस २० गते सामरीभञ्ज्याङमा विशेष कार्यक्रम गरेर पुनः नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै म्यागङ मैदान, भैरमकोट, शुभघाट, केउरिनी चौतारो हुँदै आइतबार राति पृथ्वीनारायण शाहले निर्माण गर्न लगाउनुभएको नुवाकोटस्थित साततले दरबारमा ‘एकीकरण टर्च’ -याली आइपुग्ने कार्यतालिका छ । नुवाकोट दरबार परिसरमा पुस २१ मा विशेष कार्यक्रम गरेर अघि बढ्ने ‘एकीकरण टर्च’ ¥याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुदै काठमाडौँस्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्यहाँ विशेष कार्यक्रम गरी उक्त -यालीको समापन गरिने कार्यतालिका छ ।
“गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ -यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ”, जबरजङ्ग गणका गणपति लामिछानले भने, “‘एकीकरण टर्च’ -यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिने हुदा नेपाल एकीकरणको स्मरण गराई अहिलेका युवा पिँढीलाई देशभक्तिको भावना जगाएर राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।” गोरखादरबारबाट शुरु भएर धादिङ, नुवाकोट हुँदै काठमाडौँसम्म पुग्ने ‘एकीकरण टर्च’ -यालीले आसन्न पृथ्वीजयन्तीप्रतिको सम्मान र बुधबारदेखि शुरु भएको नेपाल भ्रमण वर्षका लागि नेपाल एकीकरण पदमार्गमा पर्यटन भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
सम्बन्धित समाचार
अब हप्तामा दुई दिन सार्वजनिक बिदा

विजयपुर। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।आइतबार ...

यातायातमा ‘कीर्ते धन्दा’

विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरका अधिकृतको सरकारी छाप र हस्ता ...

आफन्तबाटै हत्या शृङ्खला बढ्दोः कोशीमा करिब ५ वर्षभित्र आफन्तबाटै २०२ को हत्या

विराटनगर । कोशी प्रदेशमा करिब पाँच वर्षमा आफन्तबाटै दुई सय दुई जनाले ज्यान ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अब हप्तामा दुई दिन सार्वजनिक बिदा
यातायातमा ‘कीर्ते धन्दा’
आफन्तबाटै हत्या शृङ्खला बढ्दोः कोशीमा करिब ५ वर्षभित्र आफन्तबाटै २०२ को हत्या
युएन–नवोदयको १६ औँ वार्षिकोत्सवमा विद्यार्थी पुरस्कृत
प्रदेश र स्थानीय सरकारको अधिकारमाथि केन्द्रको हस्तक्षेप
सिटीजन्स बैङ्कको रकम हिनामिना प्रकरण: छोरी भाग्दा परिवारलाई ‘टर्चर’
‘भताभुङ्गे दरबारको गाडधन’ बालउपन्यासमा एक दृष्टि
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
लागूऔषधसहित ४ जना पक्राउ
वृद्ध भत्ता सम्बन्धी हल्ला निराधार, अर्थ मन्त्रालयको स्पष्टिकरण
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश
२ लाख ५७ हजारको भन्सार छलिका लत्ता कपडा बरामद
सभामुखमा अर्याल निर्विरोध
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
एमसीसी खारेज गर्न हर्क साम्पाङको माग
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved