तेह्रथुम । छथर गाउँपालिक–१ का ७२ बर्षीय नर बहादुर लिम्बुको घर बनाउने क्रममा सोमबार राती लडेर मृत्यु भएको छ ।
घरको १ तला माथीबाट लडेर लिम्वुको मृत्यु भएको हो । सोमबार बिहान ८ बजे आफ्नै घर बनाउने क्रममा घरको १ तला माथीबाट लडेर घाईते भएका लिम्बुलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको थियो ।
लिम्बुको उपचारमा संग्लग्न चिकित्सकले निजको उपचार हुन असम्भव रहेको भनी जानकारी गराएसंगै लिम्बुलाई घर तर्फ लैजाने क्रममा बाटोमा नै राती साँढे १० बजे मृत्यु भएको परिवारले जनाएको छ । मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।































