उदयपुर/ नेपाल भ्रमण वर्ष सन् २०२०मा उदयपुरका एक स्थानीय तहले पर्यटकीय स्थलसँगै स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भएको छ ।

पर्यटनसँगै स्थानीय उत्पादनबाट आत्मनिर्भर बनाउने उद्देश्यका साथ चौदण्डिगढी नगरपालिकाले नगरभित्रका पर्यटकीय स्थलसँगै स्थानीय उत्पादनको प्रवद्र्धन तथा संरक्षण गर्ने भएको हो । पर्यटकीय स्थलहरूमा बजारिया खाद्य वस्तु तथा सामाग्री मात्रै पुग्ने भएकाले यस्ता सामाग्रीको नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटकीय स्थलहरूमा स्थानीय उत्पादनका परिकारहरूलाई जोड दिएको चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । चौदण्डिगढी दरबारमा घुम्न जाने पर्यटकहरूले आफै बजारबाट किनेर लगे मात्रै बजारिया सामग्री पुग्ने मेयर राईले बताए ।

पर्यटक आफैले ल्याएको भन्दा बाँकी केही बजारमा उत्पादन भएका सामग्री हुँदैनन् । होटलहरूमा किन्न होस् वा पहुनालाई खुवाउन होस्, सबै स्थानीय स्तरमा उत्पादन भएका अगार्निक खाद्य वस्तुबाट बनेका स्वादिला परिकार रहने मेयर राईले बताए । पर्यटनसँगै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सकियो भने स्थानीय स्तरमा आर्थिक स्तर उक्सन्छ । कृषि र पर्यटनलाई एकैसाथ अगाडि बढाउन सकियो भने सुखी नेपाली र समृद्ध नेपालको निर्माण गर्न सकिनेछ ।

त्यसै अनुरूप कृषि पेशा र कृषकहरूलाई सम्मान पूर्ण दृष्टिकोणले हेर्नुपर्ने मेयर राईले बताए । पर्यटकीय स्थलमा उद्योगमा निर्माण भएका मिनिरल वाटरको बोटल देख्न पाइने छैन । नगरका विभिन्न वडाका जनताले प्रयोग गरी राखेका पानी नै प्रयोग गर्नुपर्र्ने भएकाले बोतल देख्न नपर्ने पालिकाले जनाएको छ । पर्यटनको माध्यमबाट नगरको पहिचान र विकास गर्न नेपाल भ्रमण वर्षको शुभारम्भ जनवरी १ मा नगरले सार्वजनिक विदा दिएको छ । त्यस दिन नगरभित्रका विद्यालय र सरकारी कार्यालयहरू बन्द हुने पालिकाले जनाएको छ ।

ऐतिहासिक चौदण्डिगढी दरबार लगायत पर्यटकीय स्थलहरूको महŒव उजागर गर्दै पहिचान गराई आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने उद्देश्य रहेको मेयर राईले बताए । पर्यटकीय स्थलहरूमा करिब १२÷१३ सय वर्ष अगाडिदेखि अस्तित्वमा रहेको भिमसेन थान, चौदण्डिगढी दरबारसँग इतिहास जोडिएका विशासय मिन्दर, उच्च पहाडी भेकदेखि तराईका समथर फाँटसम्म देख्न सकिने रमिते डाँडा, छुईला झर्ना, नयाँ वर्षमा मेला लाग्ने थानपोखरीलगायतका पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धनको कार्यमा लागेको उनले बताए ।

भित्रिनै लागेको नेपाल भ्रमण वर्षलाई भव्यताका साथ स्वागत गर्ने तयारी पूरा भएको पालिकाले जनाएको छ । पर्यटन वर्षको स्वागत कार्यक्रममा नगरपालिकाले १३ औँ सागमा उदयपुर जिल्लाका विजेता खेलाडीहरूलाई पुरस्कृत गर्ने मेयर राईले बताए । स्वर्णपदक, रजतपदक र कास्यपदक विजेतालाई क्रमशः४०, ३० र २० हजार रुपैयाँले पुरस्कृत गरिने उनले बताए ।

स्वर्णपदक विजेता कटारी नपाकी अनुपमा मगर र बेलका नपाकी सङ्गीता मगरलाई नगद ४० हजारका साथ सम्मान गरिनेछ । रजतपदक विजेताहरू क्रमशः चौदण्डिगढी नपाकी बविता श्रेष्ठ, निशा राई, रञ्जना राई, कविता राई, वन्दना राईलाई जनही नगद ३० हजार र कास्यपदक विजेता सङ्गीता राईलाई नगद २० हजारले सम्मान गरिने मेयर राईले बताए । त्यस्तै जिल्ला हेण्डबल उदयपुरका प्रशिक्षक पर्वत गुरुङ, चौनपाकी सहायक प्रशिक्षक विन्दाकुमारी थापा र त्रिनपाकी पार्वती राईलाई पनि सम्मान गर्ने पालिकाले जनाएको छ ।

नगरभित्र रहेका पर्यटकीय स्थलको अवलोकन गराउने चौदण्डिगढी नगरपालिका–१ वडाका वडाध्यक्ष तथा नगरका प्रवक्ता रामकुमार खड्काले बताए । बेल्टारको बिपी चौकबाट शुरु भएको राईड टु चौदण्डिगढीले सबै वडाका पर्यटकीय स्थलहरूलाई छुने उनले बताए ।

राईड टु चौदण्डिगढीको दूरी करिब ६० किलोमिटर रहेको खड्काले बताए । बिपी चौकबाट शुरु भएको राईड टु चौदण्डिगढी विरेन्द्र बजार–सुगाचरी–शान्तिबाटीका–भ्यूटावर(विशासय मन्दिर–चौदण्डिगढी दरबार हँुदै चारघरे भञ्ज्याङदेखि ओरालो लागि बेलका मन्दिर–तीन दोभाने–बसाहाको बहासा थान–कोवाखानी पिक्निक स्पट(हात्ती पार्क–रमितेडाँडा–थानपोखरी–भीमसेन थानलगायतका पर्यटकीय स्थललाई प्रत्यक्ष छुने पालिकाले जनाएको छ ।