सुनसरी । असहाय हिंसा पिडित तथा मानसीक रोगीहरुको उपचार तथा संरक्षण गर्दै आएको इटहरी २ स्थित माया घरमा आश्रितहरुलाई धरानस्थित सुनसरी टेक्निकल कलेजका सञ्चालक लेखीराज सुब्बाले खाद्यान्न प्रदान गरेका छन् ।
सोमबार कलेज सञ्चालक सुब्बाले आफ्नो जन्मदिनको अवसरमा आश्रितहरुको लािग ३ क्वीन्टल चालम, एक कार्टुन तेल, २५ केजी आलु, ५ केजी चिनी, ५ केजीदाल, ५ केजी नुन वेसार, चिया रंग र स्प्राइट प्रदान गरेका हुन् । परिवारसहित उपस्थित भएका सुब्बाले जन्म दिनको अवसरमा माया घरमा आश्रित खाद्यान्न प्रदान गरी दिउँसोको खाजा समेत प्रदान गरेका थिए ।
अत्यन्तै दयनीय अवस्थाका मानिसहरुको उद्घार गरी माया घर नेपालले संरक्षण गरेकोले भोलीका दिनमा भौतिक पूर्वाधारमा समेत थप सहयोग गर्ने उनले बचन दिएका छन् । धरान १ निवासी सुब्बासहित श्रीमति सुनिता सुब्बा र छोरी एलिशा सुब्बासमेतको सहभागिता रहेको थियो । सो अवसरमा माया घर नेपालकी अध्यक्ष राधिका दासी, सचिव शुभद्रा प्याकुरेल, कोषाध्यक्ष शान्ता कार्की, राधिका थापा गायतले सुब्बालाई जन्म दिनको शुभकामना दिएका थिए ।
यसै गरी सोसियल रिकन्ड्रक्सन फाउन्डेसनले इटहरी २ ले पनि आइतबार माया घर नेपाललाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । गत मङ्सिर २६ गते इटहरीमा आयोजना गरिएको म्युजिक फेस्टिभलबाट सङ्कलित रकमबाट माया घरलाई खाद्यान्न प्रदान गरेको सोसियल रिकन्ड्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले बताए ।
सामाजिक कार्यमा सक्रिय निरौलाले समाजसेवी युवा दिपेन्द्र बजगाइ, निकेस खतिवडा, रिवाज आचार्य, रमेश खड्का,अशोक धमाल, निमा तामाङ्ग नविज बजगाइ सँगको सहकार्यमा सामाग्री प्रदान गरिएको आयोजकले जनाएको छ ।































