काठमाडाै । सुनसरी क्षेत्र नं १का संघीय सांसद जयकुमार राईले धरानमा टुइनेटर विमानस्थल निर्माणका लागि पहल गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री याेगेशकुमार भट्टराईसँग माग गरेका छन् । आइतबार मन्त्री भट्टराईकाे कार्यकक्षमा पुगि धरानमा एयरपाेर्ट अत्यावश्यक  पहलकदमी शुरू गर्न अाग्रह गरे । विराटनगरमा डुवान, हुस्सुले पटक पटक विमान नउड्ने समस्या हुदा संघीय राजधानी आउने यात्रुहरू अलपत्र पर्ने गरेकाे समेत साँसद राईले मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

मन्त्री भट्टराईलाई भेट्न संघीय सासदसहित  नेकपाका प्रदेश सदस्य डिवि शंकर शाह, सुनसरी जिल्ला कमिटी सदस्य भीमज्वाला राई, धरान उपमहानगर सदस्य लक्ष्मी बनियालगायतकाे उपस्थिति रहेकाे थियाे ।

मन्त्री भट्टराईले भ्रमण बर्ष आरम्भ पछि आफु त्यस विषयमा अध्ययन गर्ने बताएका छन् । धरानमा २०६० सालदेखि एयरपाेर्ट निर्माणकाे चर्चा हुदै आएकाे छ । जग्गा व्यवस्थापनमा धरान उपमहानगरपालिकाले कुनै चासाे नदिदा विमानस्थल निर्माण अनिस्चित बनेकाे छ । धरान-१७ स्थित डाँडाघाेपामा विमानस्थल निर्माणका लागि तय गरिएकाे थियाे ।