ब्लाष्टखबर । प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन् भएकाे छ । 

तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता  भएसंगै निर्माण भएकाे प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय भेलामा केन्द्रीय कमिटीका सदस्य, अनुशासन आयोग र लेखा आयोगका सदस्यहरुको सपथ ग्रहण भएकाे थियाे ।

साथै, भेलाले स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता पक्षमा दृढतापूर्वक उभिदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासका पक्षमा आवश्यक योगदान पुर्याउने प्रण सहितकाे  बिभिन्न १४ बुदाकाे ‘काठमाडौं घोषण–पत्र’ पारीत गरेकाे छ । 

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि र विशेष अतिथिमा नेकपाका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहकाे उक्त भेलामा केन्द्रीय कमिटी सदस्य, आयोगका सदस्य र ७७ वटै जिल्लाका संयोजक र सह–संयोजकहरुको उपस्थिति रहेको थियाे ।

भेलालाई  प्रधानमन्त्री ओली सहित अध्यक्ष प्रचण्ड, नेकपा सचिवालय सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल, नेकपा केन्द्रीय सदस्य एवं प्रेस संगठन नेपालका इन्चार्ज राजेन्द्र गौतम, प्रचार तथा प्रकाश विभागका उपप्रमुख सूर्य थापाले सम्बोधन गरेका थिए ।