मधुमल्ला । मोरङको उर्लाबारी नगरपालिका वडा नं.७ का प्यारलाइस रोगका कारण अशक्त बनेका कमल श्रेष्ठलाई उद्दार गरी उपचारका लागि लगिएको छ ।
प्यारालाइस्को कारण थलिएका श्रेष्ठ जाडोको कारण कठ्ङ्ग्रिरहेको अवस्था बाट उद्धार गरिएको हो । प्यारालाइसिसका कारण जटिल बनेपछि मंगलबारे अस्पतालमा उपचारको लागि लगिएको हो ।
उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, सदस्य निरोज तिम्सिना लगायतले बिरामीलाई उपचारका लागि मंगलबारे अस्पताल पु¥याउन सहजीकरण गरेका थिए ।
लामो समयदेखि प्यारालाइसका कारण थलिएका श्रेष्ठलाई पत्नी कमलाले हेरचार गर्दै आएकी थिइन् ।
पत्नी कमला पनि अशक्त छिन् । उक्त परिवारलाई न्यानो अभियान नेपालले केही बर्षअघि घर निर्माण गरि हस्तान्तरण गरेको न्यानो अभियान उर्लाबारीका उपध्यक्ष सरोज बस्नेतले बताए ।































