ब्लाष्टखबर । गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद भएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंमा पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेदकाे निर्णय सुनाएको हो ।  

छोरी रानी आमासँग बस्‍ने तर उनको पठनपाठन र लालनपालन दुवैले गर्ने सहमति सहित सम्बन्धविच्छेद गर्न मञ्जुर भएपछि सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार बादी पत्नी निलम साह ढकालले अंश नलिने गरी मिलापत्र भएको छ ।