वराहक्षेत्र/ सचिवलाई हारि नगराएका वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष रनजु अधिकारीलाई सचिवलाई त्काल हािर गराउन नेकपा ५ नं. इकाई कमिटीले निर्देशनदिएको छ । एक महिना अघि सरुवाभएर वडामा आएका सचिव गोपाल शर्मालाई उनले हाजिर गर्न दिएका थिएनन ्। व्डा सचिव विहिन हुँदा वडाको काम प्रभावित भएको थियो ।
नेकपाको ५ नम्बर वडा समितिको सोमवार कालाबन्जरमा बसेको आकस्मिक वैठकले अध्यक्ष अधिकारीलाई कुनै पनि हालतमा बुधबारबाट चिव गोपाल शर्मालाई कार्यलयमा हाजिर गराउँन अधिकारीलाई निर्देशन दिएको हो ।
आज ब्लाष्ट खवरमा वडा अध्यक्षले सचिवलाई हाजिर हुन नदिएपछि १ महिनादेखि काम ठप्प भएको विषयमा समाचार प्रकासित भएको थियो ।
अध्यष अध्यष पुष्पराज राजधामीको अध्यक्षतामा बसेको जिल्ला र नगर सदस्यहरु सम्मिलित वैठकले अध्यक्ष र सचिव विच के भएको त्यो पार्टीलाई थाहा नभएको र यसले वडावासीको काममा अवरोध भएकोले सचिवलाई तत्काल हाजिर गराउँन निर्देशन दिएको हो ।
वैठकमा उपस्थित भएका वडाध्यक्ष राजु अधिकारीले सचिव गोपाल शर्मा त्यती अनुभवी नभएको आरोप लगाए । उनले पार्टीको निर्देशन अनुसार बुधबार हाजिर गराउने बताए ।































