उर्लाबारी । उर्लाबारी जेसीजको भएको शाखा अधिवेसनले बर्ष २०२०को लागि यादव भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको छ । मोरङ मोडल कलेजका संचालक समेत रहेका भण्डारी यस क्षेत्रका उदयीमान प्राज्ञिक युवा नेतृत्वका अगुवा हुन ।

सर्वसम्मत भएको अधिवेसनबाट अध्यक्षमा भण्डारी सहित कार्यकारी उपाध्यक्षद्धयमा लोलीम पोमु र बिशाल वाहेती तथा उपाध्यक्षहरुमा भूपाल काफले, रोशन घिमिरे, दिपक न्यौपाने र निशा भट्टराई एवं जनसंम्पर्क अधिकारीमा संन्ध्या खडका निर्वाचीत भएका उर्लाबारीले जनाएको छ ।

उर्लाबारी जेसीजको विधान अनुसार अध्यक्ष भण्डारीले कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सचिव पदमा मनोनयन गरी कार्य समिति गठन गर्ने प्रावधान रहेको छ भने दोस्रो पटक २०२० मा हुने नेपाल जेसीजको क्षेत्र क सम्मेलन सम्पन्न गराउने जिम्मेवारी समेत अध्यक्ष भण्डारीको काधमा आएको छ । यस अघि बर्ष २००० मा पनि उर्लाबारी जेसीजले क्षेत्र क सम्मेलन गरेको थियो ।