धरान । चलचित्र अभिनेता केशव भट्टराईको आइतबार राति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

अकस्मात् बिरामी परेर अस्पताल भर्ना भएका उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनी चलचित्र विकास बोर्डका अध्यक्षसमेत हुन् । ५४ वर्षीय भट्टराई तीन दशकदेखि नेपाली चलचित्रको क्षेत्रमा क्रियाशील रहेका थिए ।

भट्टराईको राति १० बजेर २० मिनेटमा मृत्यु भएको थियो । उनको एक पत्नी र छोरा रहेका छन् । उनको निधनको कारणबारे खुलाइएको छैन । उनले ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावुलगायतका फिल्महरू अभिनय गरेका थिए । उनी एक वर्षअघि मात्रै बोर्डमा अध्यक्षमा नियुक्त भएका थिए ।