Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • मालपोतमा 'नेटै चलेन'

मालपोतमा 'नेटै चलेन'

alt
  • मंसिर २७, २०७६
  • ब्लाष्ट खबर

जुम्ला । मालपोत कार्यालय जुम्लामा अनलाइन प्रणालीबाट सेवा सञ्चालन भएदेखि सेवाग्राहीले दुःख पाएको गुनासो गरेका छन् । पहिले एक दिनमै हुने काम अहिले अनलाइनबाट हुँदा एक हप्तादेखि झण्डै एक महिनासम्म लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

कनकासुन्दरी गाउँपालिका–८ भट्टवाडाकी विष्णुमाया भट्टले मालपोत कार्यालय धाउन लागेको ६ दिन भएको बताए । अझै कति दिन लाग्ने भन्ने थाहा नभएको उनको गुनासो । भट्टवाडाकै कृष्ण भट्ट पनि मालपोत धाउन लागेको ८ दिन भयो ।

प्रणालीले काम नगर्दा काम हुन नसकेको कर्मचारीले बताउने गरेका उनको भनाइ छ । बिना पूर्वतयारी हतारमा अनलाइन प्रणालीबाट सेवा दिँदा यस्तो परिणाम आएको भट्ट बताउछन् । गुठिचौर गाउँपालिका–४ प्याकुरेवाडाकी कर्मकन्या प्याकुरेल पनि मालपोत कार्यालय धाउन लागेको चार दिन भयो । उनी पनि कर्मचारीले इन्टरनेट छैन भनेर आफ्नो काम नभएको सुनाउनुहुन्छ ।

प्याकुरेलले वृद्ध सासूलाई यसरी हरेक दिन मालपोतमा ल्याउँदा दुःख भएको बताए। प्याकुरेवाडाकै कृष्णप्रसाद प्याकुरेलले टोकनअनुसार काम नभएको बताउछन्र  । उनले २० दिन मालपोत धाउँदा पनि काम नभएको दुःखेसो पोखे । यसरी २० दिनसम्म मालपोत धाउँदा आफ्नो दैनिक कार्यमा बाधा पुगेको उनले सुनाए ।

मालपोत कार्यालयका प्रमुख मीनबहादुर रावलले इन्टरनेट नचलेकै कारण ढिला भएको स्वीकार गरेका छन्। बिहान–बेलुका इन्टरनेट चल्ने तर दिउँसो कार्यालय समयमा नचल्दा समस्या भएको प्रमुख रावलले बताए ।

इन्टरनेट नचल्दा दिनमा एक/दुईवटा मात्र काम हुने गरेका उनले बताए । इन्टनेट नचलेर काम नहुँदा स्वाभाविक रुपमा सेवाग्राहीको गुनासो आउने गरेको उनको भनाइ छ । ढिलासुस्तीको समाधान हुन अझै केही दिन लाग्ने रावलले जानकारी दिए । उनले वृद्धवृद्धा, अशक्त जस्ता शारीरिक कमजोरी भएका बाहेक अरू सबैलाई टोकनअनुसार नै काम गरेको उनले बताए।

सम्बन्धित समाचार
सुध्रिएन हर्क साम्पाङमा असामाजिक चरित्र

धरान । श्रम संस्कृति पार्टीको नेतृत्व गरिसकेपछि पनि धरान उपमहानगरपालिकाका प ...

सरकारी प्रणालीको चरित्र उजागार गर्ने एउटा घटना

कोशी प्रदेशको उदयपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा देखिएको आर्थि ...

आजको राशिफलः २०८२ साल मङ्सिर १९ गते शुक्रबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर १९ गते शुक्रबार ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुध्रिएन हर्क साम्पाङमा असामाजिक चरित्र
सरकारी प्रणालीको चरित्र उजागार गर्ने एउटा घटना
आजको राशिफलः २०८२ साल मङ्सिर १९ गते शुक्रबार
बिर्तामोडबाट राजश्व छलीको सामान बरामद
नेवार संस्कृतिमा यःमरीको विशेष महत्व
मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदायका उँधौली पर्व
मधेशमा एमालेले २२ दिनमा तीन मुख्य पद गुमायो
आयुर्वेदिक औषधिमा ब्रह्मलुट
एनसेलको १० दिने उत्सव
बसपार्क सञ्चालनमा ध्यान देऊ
आजको राशिफलः २०८२ साल मङ्सिर १८ गते बिहीबार
जेन जी आन्दोलनः सरकारी कार्यालय जलाउने एमालेका कार्यकर्ता पनि
बनेर पनि नचलेको धरान बसपार्क
उपचारको क्रममा चालकको मृत्यु
अनियमिततामा संलग्नलाई कारबाही गर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved