धनकुटा / हाँस्य कलाकार उमेश राई (फुलन्देकी आमा) वुधवार साँझ धनकुटेलीहरुलाई हसाएका छन् । प्रथम किराँती राजा यलम्वरहाँङ्गको निर्माणधिन सालिकको निर्माण कार्य पुरा गर्न सहयोग जुटाउने उदेश्यले हास्य प्रस्तुती लिएर उनी धनकुटा आएका हुन् । वृहत सांस्कृतिक कार्यक्रम प्र्रदेश सांसद निरन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
किराँत राई यायोक्खा जिल्ला कार्य समिति धनकुटा र किराँत राई कलाकार संघ धनकुटाको संयुक्त आयोजनामा सम्पन्न वृहत साँस्कृतिक कार्यक्रममा वुधवार राती हास्य कलाकार (फुलन्देकी आमा) उमेश राईले आफ्नो प्रस्तुती दिएका हुन् । धनकुटाको त्रिवेणी स्कूल प्राङगणमा सम्पन्न भएको वृहत साँस्कृतिक कार्यक्रम फुलन्देको प्रस्तुती अपराहन्न ५ वजेदेखी शुरु हुने जानकारी आयोजकले दिए पनि धनकुटेली दर्शकले रातको ९.३० वजेसम्म कुर्नु परेको थियो । मंसिर–पुषको जाडोले निक्कै सत्ताउँदा पनि फुलन्देको प्रस्तुती हेर्न रातको करिव १०ः३० देखी ११ वजेसम्म हजारौं दर्शक त्रिवेणी माविको प्राङ्गगणमा कुरेर बसे ।
फुलन्देको आमाको प्रश्तुती हेर्न त्रिवेणी माविको प्राङ्गगणमा रातको ११ वजेसम्म दर्शक बनेका रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र धनकुटाका वरिष्ठ समाचार सम्पादक तिलविक्रम चेम्क्जोङ्गले कलाकारको कलाकारिता त ठिक्कै हो, अत्याधिक चिसोको कारण गाह्रो भो । फुलन्देले जति हसाउँनु खाजे पनि चिसोको कारण जति दर्शक खुल्नु पर्दथ्यो त्यो नभएको प्रतिक्रिया दिए । उनलाई लाग्यो जवर्जस्ती पो हसाँउनु खाजेको होकि जस्तो भान हुन्थ्यो वेला वेला फुलन्देको आमाको प्रस्तुतीबाट । चेम्जोङ्गले कार्यक्रमको मुख्य उदेश्य भनेको प्रथम किराँती राजा यलम्वरको सालिक वनाउने भएको हुँदा प्रस्तुती कम्तिमा किराँती कल्चर र कन्सेपमा प्रशतुती नआएको केवल हसाँउनुको लागी हसाउँने काम मात्र भएको वताए ।
धनकुटाको राई कुवा टोलमा वन्दै गरेको प्रथम किराँती राजा यलम्वर हाङको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगे पनि मूर्ति ल्याएर अनावरण गर्न रकम अपुग भएकोले कार्यक्रम गरिउको किराँत राई यायोख्खा जिल्ला अध्यक्ष नेगेन्द्र राईले सो अवसरमा जानकारी गराए । अध्यक्ष राईका अनुसार मूर्ति ल्याउन र अनावरण गर्न अझै ४ लाख बढी रकम अपुग छ । कार्यक्रमवाट ८५ हजार आम्दामी भएको उनले बताए ।
































