पथरी/ मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न कार्यक्रम गरी २८ औँ अन्तर्राष्ट्रिय दिवस भव्यताको साथ मनाएका छन् ।

सोमबार गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा कानेपोखरीभरिका ८० जनालाई रातो, निलो, पहेँलो र सेतो गरी जम्मा ४ किसिमको परिचय पत्र वितरण गरिएको थियो । त्यसैगरी कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिता पनि गरेका थिए । प्रतियोगितामा प्रश्नको उत्तर दिनेलाई कार्यक्रममै पुरस्कार दिएको थियो । त्यसैगरी वाकर, इयरफोन र वाइट स्टीक ५ जना अपाङ्गता भएको व्यक्तिहरूलाई वितरण गरेका थिए ।

कार्यक्रममा अपाङ्गता पहिचानको लागि स्वास्थ शिविर पनि सञ्चालन गरिएका थियो । विराट मेडिकल कलेज र शिविरआर विराटनगरको प्राविधिक सहयोगमा पहिचान शिविर बसेका थिए । शिविरमा ३७ जना परिचय पत्र पाउने छनौट गरेको गाउँपालिकाको स्वास्थ्य विभागका रोहिनीराज भण्डारीले बताए ।

कार्यक्रममा पालिका भित्रका २ सय ५० जना अपाङ्गता भएको व्यक्तिहरू उपस्थित भएका थिए । कानेपोखरी गाउँपालिका र कानेपोखरी गाउँपालिका अपाङ्गता समन्वय समितिको आयोजनामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष राजमती इङ्नाम, विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम धिमिरे रहेका थिए भने अतिथिहरूमा वडा नं.२ वडाध्यक्ष सुशील बुढाथोकी, वडा नं.६ का वडाध्यक्ष खड्ग बस्नेत, नेपाली काङ्ग्रेस पार्टीबाट योगेन्द्र दाहाल, नेकपा पार्टीबाट भोला अधिकारी, टङ्केश्वरी याक्खा, जनसेवा माविका प्रधानाध्यापक दामोदार सिग्देल रहेका थिए ।