विराटनगर । नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को आगमनमा विराटनगरमा भव्य र्याली निकालिएको छ । झिःपुच विराटनगरको आयोजनामा विराटनगरमा आज सोमबार भव्य मोटसाइकल र्याली निकालिएको हो ।
विराटनगरस्थित झिःपुच भवनबाट विहान साढे आठ बजे प्रसादको रूपमा अण्डा र ‘सगुन’ पिएर ट्राफिक चौक हुदै महानगर परिक्रामा गरि सोही ठाउँमा आएर विभिन्न कार्यक्रम हुनेछ । र्यालीमा झिः पुचका पदाधिकारी, नेवार सामुदायका किशोर, किशोरीहरू आफ्नो जातिय पहिरनमा सजिएर सहभागि भएका छन् ।

र्यालीपछि झिःपुच भवनमा २६ औं वार्षिक साधरणसभाबाट नयाँ निर्वाचित भएका पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा रहेको छ । यस्तै समाजको लागि योगदान पुर्याउने नेवार सामुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पनि सम्मान कार्यक्रम रहेको बताइएको छ ।

3 2 2 2 4 2 5 2 6 2 7 2 8 2