ब्लाष्टखबर । काठमाडौंको जिल्लाकाे तारकेश्वर नगरपालिकामा विद्यालयकाे वरण्डा भत्कीदा ४२ विद्यार्थी घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका ३ धर्मस्थली स्थित विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा वरण्डा भत्कीदा विद्यार्थी घाइते भएकाे महानगरीय प्रहरी वृत्त बालाजुले जनाएकाे छ। वरण्डामा बसेर विद्यालयमा भइरहकाे खेलकुद गतिविधि हेरीरेकाे अवस्थामा बरण्डामा धेरै विद्यार्थीको भार थाम्न नसकेपछि भाँचिएर दुर्घटना भएको वृतले जनाएकाे छ।

घाइते विद्यार्थीहरूकाे बालाजु स्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेकाे छ । घाइतेहरूमध्याे अधिकांशकाे  हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।