नेपालमा सबैभन्दा धेरै पद यात्रा गरिने स्थान हो अन्नपूर्ण पद यात्रा । अन्नपूर्ण बेस क्याम्पको यात्रा नेपालको सुन्दर शहर पोखराबाट शुरु हुन्छ । पोखराबाट मट्टी भन्ने स्थानसम्म गाडी जान्छ । त्यहाबाट पैदल हिड्नु पर्छ । सामान्यतया तीन दिनमा बेस क्याम्प पुगिन्छ ।

पदयात्राको क्रममा माछापुच्छे्र, धौलागिरी, अन्नपूर्ण रेन्जको मनोरम दुष्य पुनहिलबाट देख्न सकिन्छ । पुनहिलबाट सूर्य उदाएको र अस्ताएको दृष्य देख्न सकिन्छ । बाटोमा ठाउँ ठाउँमा बस्ने तथा खानेको व्यवस्था गरिएको छ । गुरुङ, मगर र थकाली संस्कृति यहाँ पाइन्छ । धान्द्रुकमा होम स्टे र गुरुङको संग्रायल छ । यसले धेरैको मन लोभ्याएको छ ।

बढि विदेशी पर्यटकहरु पद यात्रामा जाने भएकाले उच्चस्तरिय होटलहरु पाइन्छ । पिजा, वर्गरलगायतका खानेकुरा बाटोमा पाइन्छ । सिनुवा भन्ने स्थानबाट माथि लागे पछि बेस क्याम्पसम्म शाहाकारी खाना मात्र पाइन्छ । खानाको ६७० सम्म तिनुृ पर्छ । विदेशीका लागि अलिक बढि शुल्क लाग्छ ।

तर नेपालीहरुका लागि बस्न ४÷५ सयमा कोठा पाइन्छ । दोभानसम्म मट्टीबाट खच्चडले खाद्ययन्न लाने गरेका छन् । त्यहाँबाट माथि भरियाले बोकेर लाग्छन् । बोकेर लाने भएकाले खाद्यन्न अलिक महगो छ । सामान्य नेपालीले पोखराबाट १५ हजार बोकेर अन्नपूर्ण बेस क्याम्प घुमेर आउन सक्छ ।

7

1 1 4 3 5 6 2 8 9 10 11 12 2