विराटनगर /  जर्नादन मैनाली स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार इन्दिरा भट्टराई पुरस्कृत भएकी छिन् । नेपाल प्रेस संगठन मोरङले सोमबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि पत्रकार भट्टराईलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।
पुरस्कृत भएकी भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री पण्डितले रिक्स मोलेर गरिएको पत्रकारीता सम्मानित पेशा भएकोले यसको विस्तार गरिनु पर्नेमा जोड दिए । उनले जनउत्तरदायि भएर सत्य तथ्यमा रहेर पत्रकारीता गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल प्रेस संगठनका केन्द्रीय सदस्य लिलाराज भट्टराईले महिला पत्रकार न्यून रहेको जानकारी गराउँदै आगामी दिनमा महिला पत्रकारलाई प्रोत्साहन गर्दै उत्पादन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेललगायलते बोलेका थिए ।