ब्लाष्टखबर । विभिन्न समयमा विवादित बन्दै आएकाे  धरानकाे बसपार्ककाे  विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार भएको छ ।  ४३ कराेड कुल लागत भनुमान गरीएकाे याे अायाेजनाकाे ऋर्षिकेश सर्भिसेस प्रालिले डिपिआर तयार पारेकाे हाे ।

तीनबटा तलाकाे उक्त बसपार्कमा, अण्डरग्राउण्डमा  ३५० वटासाना सवारीसाधन तथा माेटरसाइकल अट्ने क्षमता रहने छ भने । गन्तव्यमा छुट्ने गाडीहरु मात्र राखिनेछ सतहमा ४९ वटा बस र १५ वटा सानो गाडी राखीने प्रालिले बताएकाे छ ।  त्यस्तै तेस्राे तलामा यात्रुहरुकालागी टर्निमल भवन, क्याफे, लाइब्रेरी र व्यपारिक कोठाहरु हुनेछ । बसपार्कमा विद्युतीय बसको लागि पनि ठाउँ राखिएको छ ।

वस्ती विकास आयोजनाको १ बिघा १५ कट्ठा जग्गामा स्मार्ट बसपार्कको डिपिआर  प्रदेश सरकारले स्वीकृत गरिसकेको गरीसकेकाे र धरान उपमहानगरपालिका, जनप्रतिनिधि र बस व्यवसायीहरूबाट आएकाे सुझाव अनुसारकेही संरचनाहरू थप गर्नुपर्ने भएकाले अनुमान गरीएकाे भन्दा केहि बढ्नसक्ने प्रालिकाे जनाएकाे छ ।