धरान । सर्वोच्च अदाललका प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जवराले न्यायापालिकालाई विचौलियाले भ्रष्ट बनाउने प्रयास गरिरहेको बताएका छन् । उनले न्यायापालिकालाई विचौलियमा मुक्त बनाउन प्रयास जारी रहेको बताए ।
धरानमा शुक्रबारदेखि सुरु भएको नेपाल बार एससोसिएसन २८ औं कानुन व्यवसायी महिला सम्मेलनको उद्घाटन गर्दै प्रधानन्यायाधीश जवराले भने, ‘न्यायापालिकालाई विचौलिया मुक्त बनाउने मेरो मुख्य ध्येय रहेको छ । संविधान ऐन र कानूनको परिधिमा रहेर जति सक्दो बढी महिला न्यायाधीश नियुक्ती गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, ‘समाज र परिवारमा महिलाविरुद्ध लैंगिक विभेद भएको कारण श्रृङ्खलावद्ध लैंगिक हिंसा बढेको छ । लैंगिक हिंसा रोक्न पुरानो मुलुकी ऐनलाई विस्थापन गरी नयाँ मुलुकी संहिता आएको छ ।’
नेपाल बार एशोसिएसन केन्द्रिय कार्यालयको आयोजनामा सुनसरीको धरानमा ५ सय जना महिला कानुन व्यवसायी भेला भएका छन् । उक्त अवसरमा कानून मन्त्री भानुभक्त ढकालले सरकारले न्यायापालिका माथि कुनै हस्तक्षेप नगरेको उल्लेख गर्दै संसदले २ सय २३ वटा कानून सर्वसम्मतले पास भएको बताए ।
मानवअधिकार र लै¨िक न्यायकालागि समानता, अविभेद र सशक्तिकरण नाराकासाथ सुरु भएको दुइदिने सम्मेलन सुनसरी बार इकाई र धरान कानून व्याबसायीको स्थानीय व्यबस्थापनमा सुरु भएको हो ।
महिला कानून व्याबसायीको सम्मेलनले महिला कानून व्याबसायीको वृत्ति विकास गर्न र हालका कानूनमा भएका कमिकमजोरी र त्रुटीहरु सच्याउनकालागि सम्मेलन केन्द्रीत रहेको छ । सम्मेलनमा २७ कार्यपत्रमाथि छलफल पछि धरान घोषणा जारी गरिने आयोजक नेपाल बार एसोसिएसनले जनाएको छ ।