धरान/सुनसरी उद्योग वाणिज्य सङ्घको ५६ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।

धरानस्थित उवासङ्घको हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथ रहेका प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले धरानको विकासमा सुनसरी उवासङ्घले भूमिका खेल्नुपर्ने बताए । धरानको समृद्धिका लागि उवासङ्घले धार्मिक पर्यटनको प्रवद्र्धन गर्नमा भूमिका खेल्न आग्रह गरे । त्यस्तै नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले धरानको खानेपानी समस्याको समाधानका लागि उद्योगी व्यापारीको भूमिका रहनुपर्ने बताए ।

वार्षिकोत्सवको अवसरमा केक काट्दै उद्घाटन गरिएको थियो । कार्यक्रममा उद्योगी व्यापारी तथा धरानका अग्रजहरूको सहभागिता रहेको सङ्घका सदस्य विष्णु बरालले जानकारी दिए ।