ब्लाटखबर ।  आफैले चलाएकाे माेटरसाइकललाई ट्याकटर ठक्कर दिदाँ  नेकपा १ नं प्रदेश कमिटी सदस्य अइन्द्रबिक्रम बेघा घाइते भएका छन् ।

रत्न चोकबाट रेल्वेतर्फ जादै गरेको ट्याक्टरले धरान १७ स्थित बीच घोपामा घाइते बेघाले चलाएकाे माेटरसाइकलाई ठक्कर दिएकाे थियाे । 

आफ्नाे साइटबाट हिडिरहेकाे उनलाई विपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिएको  बताइएकाे छ ।  घाइते बेघाको खुट्टामा चोट लाग्नुका साथै  जीउमा पनि सामान्य चोटपटक लागेकाे प्रतिष्ठानस्थित प्रहरी पोष्टले जनाएकाे छ । 

उनकाे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

दुर्घटना पछि ट्याक्टर चालक भने फरार भएको बताइएको छ ।

3333333 1