धरान / गत भदौं १ गते लागुऔषधसहित पक्राउ परेका धरान–२ का बनवरीलाल शर्माको अदालतमा बयान दिदा दिदैं मृत्यु भएको छ ।
उनले इलाका प्रहरी कार्यालय धरानले आइतबार जिल्ला अदालत सुनसरीमा बयानका लागि लगेको थियो । डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार बयान दिदा दिदैं शर्मा बेहोस भएर ढलेका थिए । तत्काल जिल्ला अस्पताल इनरुवामा उपचारको लागि भर्ना गरिएको थियो । इनरुवामा उपचार सम्भव नभए पछि धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याइएको थियो । उपचारको क्रममा उनको राती १० बजे मृत्यु भएको डिएसपी न्यौपानेले जानकारी दिए ।
५६ बर्षीय शर्मा हर्टएट्याक्ट भएर उनको मृत्यु भएको बताइएको छ । को२च १०२१ नं.को कारमा २८ बोलत डाइलेक्स लागु औषध ल्याउदैं गर्दा धरान–१५ का रुविन श्रेष्ठसहितलाई प्रहरी धरान–८ स्थित तीनकुनेबाट पक्राउ गरेको थियो ।