भद्रपुर / झापाको अदुवा खोलामा डुबेर २ बर्षीय बालकको ज्यान गएको छ । विर्तामोड –३ विराटपोखर बस्ने रोशन बेसराको छोरा अजित बेसराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घर नजिकै रहेको खोलाको डिलमा खेल्नेक्रममा बालक खोलामा डुबेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । शनिबार अपरान्ह् पौन ४ बजे स्थानीयले प्रहरीलाई खबर गरे पश्चात इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले स्थलगत मुचुल्का तयार पारी साँझ साढै ६ बजे पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
खोलामा डुबेर २ बर्षीय बालकको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































