धरान । मोरङ प्रहरीले विभिन्न होटल तथा गेष्टहाउसबाट ५६ जना महिला तथा पुरुषलाई नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीबाट खटिएको टोलीले आकस्मिक रूपमा चेकजाँच गर्ने क्रममा शङ्कास्पद अवस्थामा २७ महिलासहित ५६ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजूले जानकारी दिए ।
उनीहरूलाई अवैध यौनधन्दा गरिरहेको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धान भइरहेकाले थप कुरा बाहिर आउने डिएसपी खिउँजूले जानकारी दिए ।