भद्रपुर । विद्युतीय धरापमा परी एक वृद्धाको मृत्यु भएको छ । जङ्गली हात्ती नियन्त्रणमा लागि राखिएको करेन्ट लागेर मेचीनगर नगरपालिका–९ स्थित माथिल्लो मागुरमाडीकी ६० वर्षीया गङ्गा थपलियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आफ्नै घरको पछाडि खेतबारीमा जङ्गली हात्ती नियन्त्रणका लागि राखिएको विद्युतीय धरापमा परी थपलियालाई बिहीबार राति करेन्ट लागेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
करेन्टका कारण उनको घटनास्थलमै मृत्यु भएको उनले जनाए । घटनापछि शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइउको प्रहरीले जनाएको छ ।