देउराली/ धरानमा सोमबार सस्तो बजार लगाउने भएका छन् । स्थानीय युवाको पहलमा प्रत्येक सोमबार सस्तो बजार सञ्चालन गर्ने भएका हुन् ।

धरान १२ छाताचौकका युवाहरूले ‘छाता चौक समूह’ गठन गर्दै छाताचौकमै सस्तो बजार लगाउने भएका हुन् । धरानमा सोमबार बजार बन्द हुने गरेको छ ।

उक्त दिन फुटपाथमा सामाग्री बेच्नेहरूको घुँइचो लाग्ने गरेको छ । अव्यवस्थित बजारका कारण पैदलयात्रुहरूलाई सास्ती हुने गरेको छ । त्यसकुराको अन्त्य गर्नका लागि सस्तो बजार सञ्चालन गर्न लागिएको समूहका प्रतिनिधि प्रज्वल श्रेष्ठले जानकारी दिए ।

करिब एक बर्षदेखी २–४ जना व्यापारीहरुबाट सुरु भएको बजारमा हाल इटहरी, दुहवी, तरहरा लगायतका ठाउबाट करिब ३० देखी ५० जना व्यापारीहरुले व्यापार गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

सहजरुपमा आवस्यक वस्तु उपलव्ध गराउने, बजारको निरिक्षण गर्ने, बजार उठिसकेपछि उत्पन्न फोहोर समूहले सफाइ गर्दै आएको छ । त्यसका लागि व्यापारीहरूबाट एक सय रुपैयाँदेखि २ सय ५० रुपैयाँ शुल्क लिने गरेको श्रेष्ठले बताए ।

यहाँ प्रत्येक सोमबार भीड लाग्ने गरेको छ । एक सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्मका लत्ताकपडा, स्कुले ब्याग, ल्यापटप ब्याग, महिला बालबालिकाका लुगा, चप्पल, जुत्तालगायतका सामग्री राख्दै आएका छन् ।

चप्पल खरीद गर्दै गरेको अवस्थामा भेटिएकी सर्मिला बस्नेतले भनिन्, ‘प्रायः म यो बजारमा आइरहन्छु सामान खरीद गर्न नआएपनि के नयाँ पाइन्छ भन्ने उत्सुकता लागी रहन्छ । बहिर हजार पर्ने सामान यहाँ २ सय देखी ५ सय रुपैयासम्म पाइन्छ ।’

sasto-bazar1