विराटनगर / १ नम्बर प्रदेश सभा भवन भित्र ढलको पानी जमेपछि बुधबार बस्ने भनिएको प्रदेश सभाको बैठक बस्न सकेन ।
बुधबार बिहानैदेखि परेको वर्षाका कारण प्रदेश सभा भवनमा ट्वाइलेटको हजमा पानी भरिएर दुर्गन्धति पानी बैठकस्थलको रोष्टमका साथै मूल ढोकामै जमे पछि बैठक सूचना टाँस गरेर स्थगित भएको हो । संसद बैठक साउन १९ गतेसम्मका लागि स्थगित भएको सूचना टाँस गरि जानकारी गराएको छ ।

प्रदेशसभा बैठक हलमा दुर्गन्धसहितको आहाल

pani2
पुरानै भवन र पुरानै संरचनाको पनि उपयुक्त ढंगले मर्मत सम्भाव नगरिँदा प्रदेश सभा भित्र पानी पसेको थियो । वर्षा रोकिएसँगै सुरक्षाकर्मीहरुले रोष्टम अगाडीको पानी सफा गरेको भए पनि मूल ढोकाको पानी बैठक सुरु हुने समय दिउँसो १ बजेसम्म टनाटन भएको थियो । बैठकस्थलमा पानी साधारण भन्दा पनि फोहोर पानी पसेका कारण दुर्गन्ध फैलिए पछि बुधबारको बैठक स्थगति गरिएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बताए ।
‘पानी जमेको मात्र भए बैठक चल्न सक्थ्यो होला,’ उनले भने, ‘अत्यन्तै दुर्गन्धित अवस्था भएपछि संसद बैठक स्थगित गरिएको हो । यसलाई हामी व्यवस्थापन गर्न लागेका छौं ।’ पानी भित्र नपस्ने गरी व्यवस्था गर्न प्राविधिकको राय, सल्लाह र इष्टिमेट अनुसार काम तत्काल गरिरने उनको भनाई छ ।

संसदको हालत यस्तो छ जनताको हालत कस्तो होला– प्रमुख प्रतिपक्ष दलका नेता

गत वर्ष पनि प्रदेश सभा भवनमा पानी पसेको थियो । झण्डै १५ दिन अगाडि पनि वर्षाका कारण संसद भवनमा पानीको जमेको थियो । १५ दिनदेखि प्रदेश सभाको नियमित काममा पानीका कारण समस्या हुदैं आएको प्रदेश सभा सचिवालयले जनाएको छ । समयमा उचित व्यवस्थापन गर्न नसक्दा अहिलेको अवस्था आएको कतिपय सांसदको भनाइ छ । नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजिव कोइरालाले त संसद बैठकको अवस्था यस्तो देखिँदा जनता कसरी बसेका होलान् भनि प्रश्न गरे । उनले १७ महिनासम्म सामान्य मर्मत गर्न नसकेको भन्दै सरकारप्रति कटाक्ष पनि गरे । ‘हामी संसदमा भाग लिन भनेर आएका थियौं । तर, यहाँ आएपछि थाहा भयो संसद हल भित्र बाढीको पानी पसेर फोहोर भएको कारण संसद स्थगित गर्नुपर्ने कारण भयो भनेर सभामुखज्यूले भनेपछि स्थगित भएको हो,’ कोइरालाले भने, ‘संसद सुरु भएको १७ महिनासम्ममा पनि हालत यस्तो छ, अन्य जनताको अवस्था के होला ? भाँचिएको पुल, अवरोध भएका बाटाहरु कहिले बन्ला ? जनताको घर कहिले बन्छ ? संसद सचिवालयको हालत यो छ ।’ ७ दिनमा बन्छ भनेर सभामुखले जवाफ दिएको भए पनि १७ महिनासम्म नबनेको भन्दै सरकार कसरी अगाडि बढेको छ भन्नेकुरा देखिएको उनले बताए ।

pani 1

प्रदेश लोकसेवा आयोग गठन विधेयक छलफल रोकियो

संसद बैठक स्थगित गरिएको समयावधिमा जमेको पानी फ्याक्ने र आगामि दिनमा त्यस्तो हुन नदिने गरी काम गर्ने संसद सचिवालयको तयारी छ । बुधबारको बैठकमा प्रदेश लोकसेवा आयोग गठन सम्बन्धमा बनेको विधेयकबारे छलफलको कार्यक्रम राखिएको थियो ।

pradesh