धरान / वर्तमान सरकार कुनै वहादुर गएर प्रसादले नेतृत्व गरेको सवाल मात्र होइन एउटा प्रणाली परिर्वतनको सवाल भएको उप–प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले बताएका छन् ।
आज धरानमा स्व. तारा सुब्वा स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा सम्बोधन गदैं रक्षामन्त्री पोखरेलले यस सरकारले नेपालको प्रणाली नै परिवर्तन गरेर मुलुकको समृद्धीको आधार तयार गरिरहेको बताएका छन् । ‘परिवर्तन गरेको प्रणाली कानुन अभावमा खुट्टा टेकेर हिड्न पाएको छैन् । त्यही भएर सरकारको सेवा जनतामा डेलिभर हुन सकेको छैन् ।’– मन्त्री पोखरेलले भने–‘संघ प्रदेश र स्थानीय सरकारले धमाधम कानुन बनाइरहेको छ । सबै कानुन बी सके पछि संविधानमा लेखिएका सबै अधिकार सुनिश्चित हुने छन् ।’
मन्त्री पोखरेलले सरकारले नीति तथा कार्यक्रममा लेखिएका तथा चुनावी घोषणा पत्रमा समेटिएका सबै काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गदैं भने–‘चुनावी घोषणा पत्र राखि राख्नुहोस् । हामी पुरा गरेर छाड्छौ ।’
सम्बोधनको क्रममा उनले स्व. तारा सुब्वाको बारेमासमेत चर्चा गरेका थिए । गत साउन १ गते वितेका धरान उपमहानगरका मेयर स्व. तारा सुब्वाको योगदानको चर्चा गदैं गुण र दोषको आधारमा दृष्टिकोण बनाउने नेताको रुपमा मन्त्री पोखरेलले चित्रण गरेका थिए । धरान बनाउने योजना लिएर संघीय राजधानी लिएर आउने गरेको स्मरण गदैं निष्ठाका राजनीति गर्ने व्यक्तिको रुपमा चिनेको र त्यही निष्ठका राजनीतिले धरानेसबैको मन मनमा बसेको बताए ।
कार्यक्रममा प्रदेश नं. १ का प्रदेश प्रमुख प्राडा. गोविन्दबहादुर तुम्वाहाङ, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, प्रतिनीधि सभा सदस्य जयकुमार राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्व. तारा सुब्वा स्मृति ग्रन्थको पनि लोकार्पण गरिएको थियो ।
































