धरान । धरान धनकुटा सडक खण्ड अन्तर्गत धरान–४ स्थित भेडेटारमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक गम्भीर घाइते बनेका छन् ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको जेएच १० बिटी ८१५५ नम्बरको भारतीय कारले सोमबार अपरान्ह को १० प ३५३१ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो । ठक्करबाट सुनसरी इटहरी घर बताउने २५ वर्षीय देबेन्द कार्की गम्भीर घाइते बनेका छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।

उनको निधारमा चोट लागेको छ । दुर्घटनामा संलग्न कार र कारका चालक भारत बिहार किसनगञ्ज बस्ने ३० वर्षीय मुदस्सिर आजमीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।