धरान । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित रामजानकी मन्दिर नजिक घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ ।
भारत अररीया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार प्रहार गरेर हत्या गरेको डीएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।
हत्या गर्ने मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।