धरान / आज दिउँसो प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोशी व्यारेज तथा सुनसरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनले कोशी व्यारेज क्षेत्रको अवलोकन गरेका हुन ।
मंगलबार यता लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापन पछि खतरा मानिने आज दिउसो २ बजेको मापन अनुसार २ लाख ७४ हजार ६५ क्यूसेक पानीका बहाव रहेको कोशी ब्यारेज प्रहरीका असई ईश्वरी दाहालले जानकारी दिएका छन् । अहिले ५६ वटा ढोका मध्ये ३६ वटा ढोका खोलिएको छ ।