श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ २२ गते आइतबार, ०७ जुलाई २०१९ । आषाढ शुक्लपक्षको पञ्चमी तिथि १४ः०३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूर्वफाल्गुनी २३ः२२ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी । चन्द्रमाराशि सिंह, सूर्योदय ५ः१६ र सूर्यास्त ७ः०० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवामा दिन बित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा सक्रिय भइएला । वैदेशिक क्षेत्रमा विशेष लाभ मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । धातु तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । शुभ समाचारले मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धन आर्जनका नया“ श्रोतहरू पत्ता लाग्नेछ । अवरोध रहेका कामकाजहरू सुचारु होलान् । मन प्रसन्न रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । दिन राम्रो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभ कार्यको चर्चा चल्नेछ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । विपरीत वर्गबाट विशेष सहयोग मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेट होला ।