पथरी / भ्रष्टचार विरुद्धको अभियानममा चर्चामा रहेको सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुख द्वारिकलाल चौधरीले मोरङ पथरीशनिश्चरे नगरमा आएर भने ‘हिजो मन्त्रीहरुलाई पजेरो र प्राडो भनेको सुन्थे, अहिले आएर मेयरलाई डोजर भनेको सुन्दा सरम लागेर आउछ ।’
बिहिबार पिस ल्याम्प र माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टले आयोजना गरेको भ्रष्टचार विरुद्धको सचेतना कार्यक्रममा प्रमुख चौधरीले सो कुरा बताएका हुन् । धेरै मेयरलगायतको जनप्रतिनिधिहरुले आफै डोजर, ट्रिफर किनेर ठेक्का लिन थालेपछि मेयरलाई डोजर भनेको सुन्दा आफूलाई सरम लाग्ने गरेको उनले बताए ।
‘संघ, प्रदेश र अधिकांश स्थानीय तहमा कम्युनिष्ट पार्टीको अभूतपूर्ण शक्ति रहेको सरकार छ ।’ प्रमुख चौधरीले भने ‘‘हिजो कुनै दलको सरकार वा राजतन्त्र थियो र भ्रष्टचार रोकिएन ।’ ‘अव भ्रष्टचार रोकिएन, विकास भएन भने कस्लाई दोष दिने ।’’
स्थानीय तहका जनप्रतिनिधिको लागि अव धेरै दिन छैन । जनताको सपना धेरै छन् ,जताततै भ्रष्टचारको छिद्रा छ । जनप्रतिनिधि, कर्मचारी, अदालत, प्रशासन सम्झेर ल्याउदा कहाली लाग्छ । जनतामा आशाको किरण हराइ नसकेको प्रमुख चौधरीको भनाइ थियो । राजनीतिक दलका नेताहरुले मुलुक बनाउने संकल्प गरे भ्रष्टचार मुक्त समाज निर्माण गर्न सक्छौ ।

पथरी पुगेर पनि रामप्रसाद चौलागाईलाई छेड
कर्मचारी हुँ भन्ने कमिसन माग्ने, कम्युनिष्ट नेता हुँ भन्ने मोही किसानको गला रेट्ने छुट कसैलाई छैन । एउटै संस्थामा १९—२० बर्ष बस्नु लोकतन्त्रको भद्धा नमुना हुने प्रमुख चौधरीको भनाइ थियो । हरेक स्थानीय तहमा ५ देखि १० प्रतिशत कमिशन संस्थागत भएको खुलाउदै इटहरीमा बन्द गरिएपछि सारा नगरनै हल्लिरहेको उनले बताए । भ्रष्टचार विरुद्धको अभियानमा युवाहरु लाग्न आग्रह गर्दै नेपाल सुखी बने सम्पूर्ण नेपाली सुखी बन्ने बताए । प्रमुख चौकरीले ‘सुखी नेपाली र संमृद्ध नेपाल’ नाराले मात्र सम्भव नहुने प्रधानमन्त्री केपी ओलीले भिष्म प्रतिज्ञा गरे सम्भव हुने बताए ।

‘मैले भ्रष्टचार गरेको फेला पारे राजिनामा दिन्छु’
सोही कार्यक्रमको विशिष्ट अतिथि पथरीशनिश्चरे नगरको उपप्रमुख यमुना विष्टले आफू निर्वा्चित भएदेखि निरन्तर भ्रष्टचार विरुद्धको अभियानमा लागिरहेको बताए । कार्यकाल भरी जनतालाई धोका नदिने बाचा गर्दै आफूले भ्रष्टचार गरेको पुष्टि भएमा तत्काल राजिनामा दिने बताइन । देशभरका मेयर तथा वडाध्यक्षहरु साँझमा होटल वा विभिन्न व्यक्तिहरुको घरमा पार्टी भोजमा लागे पनि उपमेयरहरु त्यस्तो भट्टी र भोजमा सहभागी कहिले नभएको उपप्रमुख विष्टको भनाइ थियो ।
आफ्नै नगरमा पनि २० लाखमा सम्पन्न हुने योजना २५ लाखको स्टिमेट बन्न लाग्दा रोकिएको प्रसंग उल्लेख गर्दै जनताको साथ पाए पथरीशनिश्चरे नगरपालिकालाई भ्रष्टचार मुक्त बनाउने बताए ।
उपप्रमुख विष्टले कमिशनको खेलमा विल भपाई रोक्दा नगर प्रमुखको टेवलमा कुरा पुग्ने गरेको बताइन । कार्यक्रममा पथरीशनिश्चरे नगरको प्रमुख दिलिप राईको भने उपस्थिति थिएन ।

कार्यक्रम रोक्ने प्रयास भएपछि पथरी जेसीजमा समस्या
पथरी जेसीजले सप्ताह व्यापी कार्यक्रम अनुसार भ्रष्टचार विरुद्धको अभियान गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रम गर्ने भनेर असार ५ पत्रकार सम्मेलनको आयोजना गरी इटहरीको प्रमुख द्वारिकलाल चौधरी ल्याउने घोषणा गरेका थिए ।
यद्यपि ११ गते बुधबार पथरी जेसीजको अध्यक्ष मानबहादुर दियालीले द्वारिकलाल चौकरीको कार्यक्रम रोक्ने प्रयास गरेपछि उपाध्यक्ष काशिहाङ राई, महासचिव सुमन कुरुङबाङ्ग, कार्यक्रम संयोजक टेकिन्द्र लिभाङ लिम्बू लगायतले अर्कै फोरमको नाममा कार्यक्रम सम्पन्न गरेका छन् ।
त्यसैगरी सचिव दिपेश रिजाल, निरोज बस्नेत, अनोज घिमिरेलगायत पथरी जेसीजका शसक्त नेताहरु लागेर भ्रष्टचार विरुद्धको अभियान कार्यक्रम सफल पारेका हुन् । अन्तिम समयमा आएर कार्यक्रम रोक्ने प्रयास गरेपछि टोलीले नै जेसीजबाट राजिनामा दिने मनस्थितिमा रहेको महासचिव सुमन कुरुङबाङ्गले बताए । प्रमुख चौधरी सहभागि कार्यक्रम खुल्ला मैदानमा गरिएको थियो भने पथरी जेसीजले हलमा गरेका थिए । चौधरी सहभागि कार्यक्रममा सयौ श्रोता÷दर्शक रहेपनि पथरी जेसीजको कार्यक्रम भने प्रभावहिन भएको थियो ।