यासोक /पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका ४ तिङदेन बजारमा आज बिहान आगलागी हुदा ६१ लाख रुपैंया बराबरको क्षती भएको छ । स्थानीय व्यवसायी तिलविक्रम सम्बाहाम्फेको किराना पसलमा आगलागी हुदा सुन, नगद, खाद्यँन्न, लत्ता कपडा, भांडा बर्तन लगायत अन्य दैनिक उपभोग्य बस्तु जलेर नष्ट भएको हो ।

आगलागीमा परी घर पुर्णरुपमा क्षतिग्रस्त भएको छ । विद्युत सर्ट भएर आगो लागेको पिडीत सम्बाफाम्फेले बताए । इलाका प्र्रहरी कार्र्यालय यासोक, जनप्रतिनिधी, स्थानीयबासी समेतले २ घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । आगो नियन्त्रणका लागि पानी बोक्न गाउ“पालिकाले ट्याक्टर उपलव्ध गराएको थियो । आगलागी पछि सम्बाहाम्फे छिमेकीको शरणमा पुगेका छन ।

pachthar-aagalagi1