धरान  / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसकाे अवसरमा संगठनले असार ९ गते देशव्यापी रक्तदान कार्यक्रम गर्ने भएको छ ।

१ नम्बर प्रदेश अन्तगृत इटहरी उपमहानगरपालिका स्थित तरहराको पानी पियामा संगठनले स्मारक निर्माण गरेको छ ।
संगठनले केन्द्र, प्रदेश र नगर सवै स्थानमा दिवसलाई भव्य मनाउने भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम राई ज्वालाले जानकारी दिए ।
असार ८ गते आइतबार देशभर मजदुरहरुले सरसफाई कार्यक्रम गरेका थिए ।  अध्यक्ष ज्वालाले देशैभरी असार ९ गते एक हजार पिण्ट रगत संकलन गर्ने योजना रहेको बताए ।