भद्रपुर । नेपाल पत्रकार महासङ्घ झापा शाखाले मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै असार ३ गते विर्तामोडमा संकलन गरेको हस्ताक्षर नेपाल सरकारलाई पठाएको छ ।
आन्दोलनको तेस्रो चरण अन्र्तगत सङ्कलित एक हजार ४ सय ६० जनाको हस्ताक्षर महासङ्घ झापा शाखाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत मन्त्री परिषदको कार्यालयमा पठाएको हो ।
झापा शाखा अध्यक्ष तारामणि सापकोटाको नेतृत्वमा गएको टोलीले झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको हो ।