सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-६ चिमडी बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार राती साढे ९ बजेको समयमा बर्ष ५० का नन्द किशोर साह आफ्नै घरको शौचालय जान बिजुली बाल्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिराटनगरको बिराट नर्सिङ होम लगेकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शौचालय जान बिजुली बाल्दा करेण्ट लागेर १ को मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































