पथरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई पथरीशनिश्चरेमा ल्याएर भ्रष्टचार विरुद्धको अभियान्ताको रुपमा कार्यक्रम गर्ने भएका छन् ।
पथरी जेसीजले पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख चौधरीलाई भ्रष्टचार विरुद्धको अभियन्ताको रुपमा पथरीमा बोलाएर कार्यक्रम गर्ने भएको हो । नगरको सेवाग्रहीबाट अवैध(घुस) रकम लिएका कर्मचारीलाई मेयर चौधरीले कारवाही गरेपछि इटहरीका केही पत्रकारसँग द्वन्द्व बढेसँगै देश ब्यापी चर्चामा रहेका चौधरीलाई पथरी जेसीजले असार १२ गते पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टचार विरुद्धको सचेतना कार्यक्रम गर्ने भएको पथरी जेसिजले बताएका छन् ।

केही समय अघिदेखि इटहरी उपमहानगरपालिकालाई भ्रष्टचार मुक्त नगरको रुपमा स्थापित गर्ने भन्दै कर्मचारी, पार्टी नेताहरु र सञ्चारकर्मीहरुलाई समेत भ्रष्टचार विरुद्धको अभियान लाग्न आग्रह गर्दै आएका छन् । प्रमुख चौधरी कार्यक्रममा आउने निश्चित भइसकेको पथरी जेसीजले बताए । पथरी जेसीजले १२ गतेदेखि सप्ताह व्यापी कार्यक्रम गर्दैछ । सप्ताह ब्यापी कार्यक्रम तथा भ्रष्टचार विरुद्धको सचेतना अभियानको उद्घाटनमा मेयर चौधरीलाई पथरी ल्याउन लागिएको जेसीजका अध्यक्ष मानबहादुर दियालीले बताए ।

पथरी जेसीजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई टिफिनकारी वितरण, लागू औषध प्रयोगमा न्युनिकरण ट्राफिक सचेतना, नेतृत्व विकास, मैत्रिपूर्ण पुटबल प्रतियोगिता र सम्माण कार्यक्रम गर्ने महासचिव सुमन सुब्बाले बताए ।

सप्ताह ब्यापी कार्यक्रम मूल आयोजक समितिमा सुवर्ण खत्रीको साथै टेकिन्द्र लिभाङ लिम्बू, अनु राई, अनोज घिमिरे, राजकुमार विक, काँशीहाङ राई, लक्ष्मी भट्टराई र शन्तोष ढुङ्गेललाई जिम्मेवारी दिइएको अध्यक्ष मानबहादुर दियालीले बताए ।