झापा । झापाको बिर्तामोड नगरपालिका-८ गुवाबारीमा बुधबार बाल्टिनको पानीमा डुबेर नाबालकको मृत्यु भएको छ । मुकेश दर्जीको १० महिनाको छोरा दिपेश दर्जी आँफ्नै घरको वरण्डामा खेलिरहेको अवस्थामा निजको आमा बारीमा काम गर्न गएकोबेला वरण्डामा थापेर राखेको पानी भरिएको बाल्टिमा डुबेर बेहोस अबस्थामा फेला परेका थिए ।
पानीमा डुबेर गम्भीर बनेका नाबालकलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा अपरान्ह पौने ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ भने नाबालकको शव सोही अस्पतालमा राखिएको छ ।